बागमती नदीले खतरा तह पार गर्‍यो

बागमती नदीले खतरा तह पार गर्‍यो

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाहरु प्रभावित भएका छन् । महाशाखाले खोकना,ललितपुर बाढीमापन केन्द्रमा बागमतीको जल सतहले खतरा तह पार गरेको जनाएको हो ।

राजधानीस्थित बागमती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा दिउँसोसम्म खतरा रहने भएको छ। महाशाखाले बाढी बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ,सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएका कारण विष्णुमती, धोविखोला,मनोहरा लगायतमा जलसतह बढ्दो रहेको महाशाखाको भनाइ छ। 

Skip This
Skip This
Logo