भीमदत्त राजमार्गमा पहिरो, यात्रु अलपत्र

भीमदत्त राजमार्गमा पहिरो, यात्रु अलपत्र

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने महत्वपूर्ण भीमदत्त राजमार्ग अविरल वर्षाले गएको पहिरोको कारण अवरुद्ध भएको छ। 

राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरोले यात्री अलपत्र परेका छन् । भीमदत्त राजमार्गअन्तर्गत खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको पहिकोको कारण यात्री अलपत्र परेका छन् । खानीडाँडादेखि बुढीतोला सम्मको सडक पुरै चिराचिरा परेको छ भने कतिपय स्थानमा पहिरोले सडकै कटान गरेको छ । 

पहिरोले राजमार्ग अवरुद्ध बनेपछि हिजो रातिदेखि नै खानीडाँडा र बुढीतोलामा सयौं सवारी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्।

Skip This
Skip This
Logo