संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु

संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । 

संखुवासभाका प्रमुख जिल्ला अधिकारी  शिवकुमार कार्कीका अनुसार मृत्यु हुनेमा मादी नगरपालिका-५, संखुवासभाका  १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामी रहेका छन् । 

बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका उनीहरुको अस्पताल मा उपचारको क्रममा मृत्यु भएको हो । तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए। 

घटना शंकास्पद देखिएकाले संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन गरेर अनुसन्धान अघि बढाइएको छ । 

Logo