फेसबुक ह्याक गरी रकम ठग्ने पाँच जना पक्राउ

फेसबुक ह्याक गरी रकम ठग्ने पाँच जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

अरुको फेसबुक आईडी ह्याक गरी रकम ठगि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बारा जिल्लाजितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगरघर भई हाल काठमाडौं बस्ने सिमान्त लामा,रोहन तामाङ, अमन्त लामा, अनुप श्रेष्ठ र कास्की घर भई हाल काठमाडाैँ नयाँ बसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले फेसबुक ह्याक गरी विभिन्न बाहनामा ओटिपी मागी चौध लाख ५८ हजारको कारोवार गरेको देखिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नयाँ बसपार्कबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo