आज – ०१ भाद्र २०८० शुक्रवारको राशिफल ।
मेष राशि
आज आफ्नो भावना र जिद्दीपनलाई नियन्त्रण गर्ने प्रयास गर्दा फाइदा हुनेछ। उधारो दिएको पैसा आज फिर्ता पाउने समय छ। पढाइको लागि विदेश यात्राको शुभ समाचार आउने छ । बातचित गर्दा समय अपनाउनुहाेला।
मेष राशिका व्यक्तिले आज ॐ नम शिवाय की १०८ जप गर्दा राम्रो हुनेछ ।
बृष राशि
आज खुशी र आराम महसुस गर्ने समय छ। धेरै पैसा कमाउने मौका मिल्न सक्छ, तर छिटो खर्च नगर्नु हाेला । साँझमा साथीहरूसँग समय बिताउने योग छ। आफ्नै व्यवसाय छ भने केहि नयाँ गर्नको लागी सोच्न सक्नुहुनेछ। घरमा आफ्नो परिवारसँग समय बिताउहाेला । उच्च शिक्षाको लागि विदेश जाने अवसर मिल्ने छ ।
बृष राशिका व्यक्तिकाे शुभ अंक ५ र सुभ रङ सेतो रहेको छ।
मिथुन राशि
आज तपाईंले धेरै सक्रिय र स्वस्थ महसुस गर्नुहुनेछ। धेरै पैसा कमाउने मौका मिल्न सक्छ। जीवन साथी राम्रो मुडमा हुनेछिन्। पुरानो साथिहरुसँग सम्पर्क हुनेछ खर्च बढ्ने छ। कठोर बोलि नबोल्नुहोला। सरप्राइज पाउन सम्भावना रहेकाे छ।
मिथुन राशिका व्यक्तिकाे शुभ अंक ६ र रङ खरानी रहेको छ। यस राशिका व्यक्तिहरूले आज लक्ष्मीको दर्शन गर्दा राम्रो हुने छ।
कर्कट राशि
आज धनको विषयमा परिवारका केही सदस्यहरूसँग विवाद हुनसक्छ। परिवारमा सबैलाई पैसाको बारेमा स्पष्ट हुन जरुरी छ। पर्याप्त समय नभएकोले प्रेमि-प्रेमिकासँग दुरी बढ्न सक्छ।जागिरमा ब्यर्थ विवादबाट टाढा रहनुहाेला।
कर्कट राशिका व्यक्तिकाे शुभ अंक ७ र रङ हरियो रहेको छ । कर्कट राशिका व्यक्तिले आज शुक्रबार व्रत बस्दा राम्रो हुनेछ।
सिंह राशि
जीवनमा परिवर्तनहरू गर्नको लागि आज राम्रो समय छ। पैसा खर्च गर्न सावधान हुनुहाेला, अन्यथा तपाईसँग केहि पनि रहने छैन। मन परेको व्यक्तिबाट टाढा रहन गाह्रो हुनेछ, तर आफ्नो काममा ध्यान दिने प्रयास गर्नुहोला। पार्टनरले आज प्रेम प्रस्ताव राख्न सक्नुहुनेछ, जागिरमा प्रमोशनको सम्भावना छ । धार्मिक स्थानको यात्रा हुने छ ।
सिंह राशिका व्यक्तिकाे शुभ अंक अंक ९ र शुभ रङ रातो रहेको छ। सिंह राशि हुनेले आज कन्याहरुलाई खीर प्रसादको रुपमा खुवाउँदा फाइदा हुनेछ।
कन्या राशि
स्वास्थ्यको लागि आजको दिन धेरै राम्रो छ। आत्मविश्वास बढ्ने छ धेरै उत्साहित नहुनुहाेला। अपरिचित व्यक्तिको कुरा सुन्नुभयो र लगानी गर्नुभयो भने, यो आज राम्रो निर्णय साबित हुनसक्छ। मिहिनेत गर्दा राम्राे प्रतिफल हात लागि हुने छ। कुनै राजनेतासँग भेट हुनसक्छ ।
कन्या राशिका व्यक्तिकाे शुभ अंक २ र सुभ रङ हरियो, बैगुनी रहेको छ।
तुला राशि
आत्मविश्वासको कमि हुने छ। व्यापारमा धन आर्जन हुने योग छ। पार्टीहरूमा भाग लिन र महत्त्वपूर्ण व्यक्तिहरूलाई भेट्ने मौका छ। नयाँ विचारहरू प्रयोग गरेर धेरै पैसा कमाउन सक्ने याेग छ। आज तपाईं आफ्नो परिवारका युवा सदस्यहरूसँग पार्क वा कल्बमा जाने योग छ।
तुला राशिका व्यक्तिकाे शुभ अंक ४ र सुभ रङ पहेलो रहेको छ। तुला राशिका व्यक्तिहरूले आज गणेशको पूजा गर्दा फाइदा हुने याेग छ।
वृश्चिक राशि
गहना तथा पुराना सामान किनेर धन आर्जन गर्न सकिनेछ र सौभाग्य पनि आउन सक्छ। तपाईंको घरेलु जीवन शान्त र सुखमय रहनेछ। आफ्नो प्रियजनलाई सुन्दर मुस्कानको साथ प्रस्तुत गरेर खुशी पार्नुहोला। इनाम पाउने योग छ। वैवाहिक जीवनलाई अझ राम्रो हुने छ आमा बुवाको आशिर्वाद लिँदा फाइदा हुने छ।
वृश्चिक राशिका व्यक्तिकाे शुभ अंक ७ र शुभ रङ हल्का पहेलो रहेको छ। वृश्चिक राशिका व्यक्तिहरूले आज महामृत्युञ्जय मन्त्रको जप गर्दा फाइदा हुने याेग छ ।
धनु राशि
जागिरमा प्रमोशनको सम्भावना छ । आज पैसा कमाउने विभिन्न तरिकाहरू तपाईंको अगाडि आउने छ तर कुनै पनि निर्णय लिनुअघि राम्ररी सोच्नुहोला। बाहान सुख हुने छ। आफ्नो बोलीमा सावधान रहनुहोला, किनकी यसले वृद्ध व्यक्तिहरूको भावनालाई चोट पुर्याउनसक्छ। धेरै बोलेर समय बर्बाद गर्नुभन्दा शान्त रहनुहाेला।
धनु राशिका व्यक्तिकाे शुभ अंक ३ र शुभ रङ पहेंलो रहेको छ। धनु राशिका व्यक्तिले आज लक्ष्मीको पूजा गर्नुपर्छ।
मकर राशि
आज वरपरका मानिसहरूले तपाईंलाई समर्थन गर्नेछन्। आज परिवारको नजिकको सदस्यले काम गर्न मद्दत गर्न सक्छ, आर्थिक लाभ पनि पाउनुहुनेछ। तपाईं र तपाईंको जीवनसाथीका लागि ब्यर्थको चिन्ताले सताउने छ ।
मकर राशिका व्यक्तिकाे शुभ अंक ५ र शुभ रङ रातो रहेको छ। मकर राशिका लागि भगवान हनुमानको पूजा गर्दा राम्रो हुने याेग छ।
कुम्भ राशि
आज तपाईं धेरै ऊर्जावान र स्वस्थ महसुस गर्नुहुनेछ। परिवारको सदस्यको सहयोगमा तपाईले आफ्नो काममा राम्रो प्रदर्शन गर्न सक्नुहुनेछ, जसका कारण थप धन प्राप्त गर्न सक्नुहुनेछ। आफ्नो साथी र परिवारसंग राम्रो समय बिताउनुहुनेछ। केही व्यक्तिहरूले नयाँ रोमान्टिक सम्बन्ध सुरु गर्न सक्छन्।
कुम्भ राशिका व्यक्तिकाे शुभ अंक ४ र शुभ रङ निलो रहेको छ। कुम्भ राशिका व्यक्तिहरूले आज शुक्रबार भेज रहनु राम्राे हुनेछ।
मीन राशि
परिवारको जिम्मेवारी बढ्न सक्छ, बुवाको साथ मिल्ने छ। पैसा उधारो लिने तर फिर्ता नगर्ने साथीहरूबाट सावधान रहनुहोला। आफ्नो लागि प्रशस्त समय हुनेछ। विवाहको लागि कुरा चल्ने छ।जागिरमा सरुवा हुने सम्भावना छ ।
मिन राशिका व्यक्तिकाे शुभ अंक ७ र शुभ रङ हरियो रहेको छ ।































प्रतिक्रिया