जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोरको व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ।
सार्वजनिक स्थानमा थुपारिएको फोहर समयमै व्यवस्थापन नगर्दा जीतपुर बजारमा दुर्गन्ध फैलिन थालेको छ। घर तथा होटेलहरुबाट निस्कने फोहोरहरु उचित व्यवस्थापनबिना नै स्थानीयले सडक छेउमा फाल्ने गरेकोले समस्या उत्पन्न भएको हो।
फोहोरको समस्याले विकराल रुप लिदासमेत उपमहानगरपालिकाका मेयर राजन पौडेलले व्यवस्थापनमा चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाले बजार क्षेत्रको सरसफाइमा वार्षिक करोडौं खर्च भइरहेको दाबी गरेपनि खर्चअनुसारको उपलब्धि हासिल हुन सकेको स्थानीयको भनाइ छ।
जीतपुरसिमराका मुख्य सडकमै जथाभावी रुपमा फोहोर फाल्ने क्रमले सबैभन्दा बढी बजार क्षेत्रका बासिन्दा प्रभावित बनेका छन्। फोहर ब्यवस्थापनमा ढिलाई हुँदा बजारमा किनमेल गर्न आउने सर्वसाधरणहरुले पनि सास्ती खेप्नु परेको जीतपुरसिमराका स्थानियहरु बताउँछन्।





























प्रतिक्रिया