पोखरीमा डुबेर मोरङको ग्रामथानमा आज दुईजना बालिकाको मृत्यु भएको छ। नुहाउने क्रममा पोखरीमा डुबेर उनीहरुकाे मृत्यु भएकाे हाे। प्रहरीका अनुसार ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १० र १२ वर्षीया बालिकाको मृत्यु भएको हो।
ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जनाए।
पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका उनीहरुलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो। चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।































प्रतिक्रिया