अपाङ्गता भएकी महिलामाथि सामूहिक बलात्कार

अपाङ्गता भएकी महिलामाथि सामूहिक बलात्कार

केन्द्रबिन्दु
0
Shares

३२ वर्षीया अपाङ्ग महिलालाई बलात्कार गरेको आरोपमा स्याङ्जा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो। भदौ २० गते भएको घटनापछि प्राप्त उजुरीका आधारमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले बताए।

बौद्धिक अपाङ्गता भएकी महिलालाई घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए। जिल्ला अदालत स्याङ्जाबाट सात दिन थुनामा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Logo