सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सरकारले आज भदौ ३१ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ।

तराईवासी थारु समुदायमा आज र भोलि दुई दिन अट्वारी पर्व मनाइँदैछ। पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन्। कैलाली सहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन्।

Skip This
Skip This
Logo