सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृतक दुवै जना पुरुष हुन्।उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलानजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

जीप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ। दुर्घटनामा एक जना गम्भीर घाइते छन्। उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको छ।

Logo