पोल्याण्ड पठाईदिने भन्दै ठग्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठग्ने मेनपावर सञ्चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका चितवनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

राप्ती प्यालेसमेन्ट मेनपावरका सञ्चालक चितवन जिल्ला भरतपुर म.न.पा. वडा नं. ६ घर भई हाल बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारीलाई विभिन्न चार जनासंग १२ लाख रकम ठगेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भन्दै बाह्र लाख रुपैयाँ ठगी गरेका हुन् । 

अधिकारीलाई खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo