‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई नागरिक अभिनन्दन गरिँदै

‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई नागरिक अभिनन्दन गरिँदै

केन्द्रबिन्दु
0
Shares

दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिँदैछ।

नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएको जनाउँदै उनलाई नागरिकस्तरबाट अभिनन्दन गर्न लागिएको हो। 

अभिनन्दन मूल समारोह समितिले दिएको जानकारी अनुसार आज दिउँसो २ः३० बजे राष्ट्रियसभा गृहमा आयोजना हुने समारोहमा डा दासलाई अभिनन्दन गरिनेछ। समाजसेवी डा. दासलाई नागरिकका तर्फबाट कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दन गर्ने कार्यक्रम छ।

दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिका कोषाध्यक्ष मोहनमणि आचार्यका अनुसार नागरिकस्तरबाटै दिव्यपुरुष घोषणा गरिसकिएको हुनाले नागरिक अभिन्नदन गर्न लागिएको हो। सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको सङ्गालो पुस्तक पनि विमोचन गर्ने कार्यक्रम छ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय छन्। विभिन्न स्वास्थ्य क्षेत्रमा योगदान गरी सेवानिवृत्त भएपछि पनि उनि अहिले पनि विभिन्न संस्थामा आवद्ध भएर सक्रियरूपमा सामाजिक अभियान्ताका रूपमा सेवामा समर्पित छन्।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका डा. दासले वीर अस्पतालदेखि स्वास्थ्य सेवा आरम्भ गरेका थिए। उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो ।

Skip This
Skip This
Logo