काठमाडाैँबाट सुर्खेतका लागि छुटेकाे रात्रिबस दाङमा दुर्घटना भएकाे छ। कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा दुर्घटनामा परेकाे हाे।
बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। घाइते भएकाहरुकाे उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ। गम्भीर घाइते भएकाहरुलाई भने लमही अस्पताल पठाइएकाे छ। दुर्घटनाकाे कारण खुल्न बाँकी रहेकाे छ।





























प्रतिक्रिया