आज २०८०असाेज १४ गते आइतबार। १ अक्टोबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन्। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ। अकस्मात् धन सम्पत्ति हात पर्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। स्वास्थ्य प्रतिकूल रहन सक्छ, संयम रहनु होला। बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
जोशजाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आत्मिक सन्तुष्टि मिल्ने र तीर्थाटनको योग पनि छ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ। रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन्। सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आजको दिन माध्यम नै रहनेछ। कुनै काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। पारिवारिक सहयोग पनि मिल्नेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
पारिवारिक सद्भाव बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्।































प्रतिक्रिया