पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ।

साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै कोसी,मधेस,बागमती,र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

Skip This
Skip This
Logo