रहेनन् ओखलढुंगा जिसस प्रमुख खनाल

रहेनन् ओखलढुंगा जिसस प्रमुख खनाल

केन्द्रबिन्दु
0
Shares

जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको छ। उनी आमाशयको क्यान्सरबाट पीडित थिए।

उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका-३ को वडा सदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए। उनी नेपाली काँग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्य समेत थिए। खनाल जिल्लामा काँग्रेसका अभिभावक नेता मानिन्थे।

खनालको निधनले पार्टी र सिंगो ओखलढुंगा जिल्लालाई अपूरणीय क्षति पुर्‍याएको काँग्रेस नेता एवं सांसद रामहरि खतिवडाले बताए।खनालका दुई छोरा र दुई छोरी छन्। दिवंगत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। 

Logo