तीनकुने पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

तीनकुने पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि खबर गरेका थिए।

शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ। प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ।  घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
 

Logo