अनमोल केसीलाई लगियाे सरकारी वकिलको कार्यालय

अनमोल केसीलाई लगियाे सरकारी वकिलको कार्यालय

केन्द्रबिन्दु
0
Shares

अभिनेता अनमोल केसीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । चलचित्र 'रावायण'काे लेनदेनको विषयमा पक्राउ परेका अभिनेता केसीलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको हाे ।  

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार अभिनेता केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरेकाे थियाे । 

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेकाे थियाे । सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएकाे थियाे । 

उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएकाे बताइएको छ । अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

Logo