काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई जना नियन्त्रणमा

काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई जना नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उक्त अस्पतालका डा. मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामंगल बस्ने ३४ सरोज गौतम रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

आज दिउँसो करिब १ बजे ओपिडीमा डा. खड्कामाथि हात पात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

Logo