आज २०८०असाेज १५ गते साेमबार। २ अक्टोबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। शुभारम्भको चर्चा चल्नेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज घरमा अतिथिको आगमन हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
न्यायिक कार्यमा सफलता मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। लाभदायक यात्रा पनि रहला।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। साँझमा केही पैसा हातपार्न पनि सक्छ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
सामाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। अतिथिको रूपमा सत्कार पाइनेछ। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ। व्यापार व्यवसायमा पनि सफलता पाइनेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्वादिष्ट भोजन पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तीय संस्थाबाट सहयोग पाइनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मनमा दुबिधा उत्पन्न हुनेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। प्रेममा विवाद पनि आउला।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज कुनै कुराले मनमा शान्ति छाउला। प्रेम जीवन सुखमय हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। भोज भतेरमा सहभागी भइनेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज छोटो दुरीको लाभदायक यात्रा रहला। कुनै कुराले मनमा शान्ति छाउनेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।































प्रतिक्रिया