सिंह राशि हुनेहरुका लागि यस साता कस्तो रहला ?

सिंह राशि हुनेहरुका लागि यस साता कस्तो रहला ?

केन्द्रबिन्दु
0
Shares

२०८० असोज १३ देखि असोज २० सम्म।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।

साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्।

हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ । तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुने छ । हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ । 

नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सुभसाइत छ। आजबाट शोर्हश्राद शुरु भएकाे छ । यो १६ दिन आफ्नो पितृ तथा पुर्बजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस्। यो बर्षभरको लागि विशेष उपाय हो ।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

सिंह राशि

यो साता तपाईंका लागि एकदम उत्तम समय रहने छ। आइतबारदेखि सबै काम समयमै सम्पन्न हुनेछन्। तपाईंको नयाँ घरसँग सम्बन्धित काम सुरु हुनसक्छ।  ऊर्जा, उत्साह र मनोरञ्जन सबै सँगै हुनेछ।

लामो समयदेखि दबाएको कुनै पनि इच्छा पूरा हुन सक्छ। ख्याति र प्रतिष्ठा प्राप्त हुनेछ। तपाईंमा केहि नयाँ गर्ने सोच आउने छ। सम्पत्तिको विषय महत्वपूर्ण रहनेछ।

नयाँ गहना खरिद गर्न सक्नु हुनेछ।  खर्चमा केही नियन्त्रण राख्नुहोला। धेरै यात्रा तथा हिँडडुल नगर्नु होला। आफ्नो काम बाहेक अरु काममा ध्यान नदिनु होला। समय राम्रो छ आफैलाई मात्र समय दिनुस्। झुट नबोल्नुस्। आर्थिक तथा घरेलु समस्या समाधान हुनेछन्।

उपायः ॐ घृणि सुर्याय नम मन्त्रको दैनिक बिहान ५१ पटक जप गर्नुस् सबै पोजेटिभ हुँदै जान्छ। आइतबार सूर्यलाई जल चढाउनुस्।

Logo