२०८० असोज १३ देखि असोज २० सम्म।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।
साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ। तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुने छ । हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ ।
नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सुभसाइत छ। आजबाट शोर्हश्राद शुरु भएकाे छ। यो १६ दिन आफ्नो पितृ तथा पुर्बजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस्। यो बर्षभरको लागि विशेष उपाय हो।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
तुला राशि
यो साता तपाईंको राम्रो बित्ने छ। आइतबारदेखि प्रगतिको बाटोमा अगाडि बढ्नुहुनेछ। प्रतिद्वन्द्वीहरूमाथि प्रभुत्व जमाउन सफल हुनुहुनेछ र राम्रो लाभ हुनेछ। नकारात्मक विचार त्यागेर सकारात्मक कुरा र पक्ष लिएर अगाडि बढ्नुहाेस्।
विशेष व्यक्तिसँग भेटघाट हुनेछ। तपाईं अलिक स्वार्थी भएर रहनुस् । साथिभाइको जमानी नबस्नुस्, फस्न सक्नुहुने छ । यो साता कसैलाइ पैसा सापटी नदिनुस् फिर्ता आउने छैन । तपाईंले एकैसाथ धेरै कामहरुको सामना गर्नुपर्ने हुनसक्छ र यो तपाईंको लागि राम्रो हुनेछ।
तपाईंले पहिलेभन्दा धेरै स्वतन्त्र महसुस गर्नुहुनेछ । तपाईंको सोच राम्रो हुनेछ र यसको नतिजा पनि राम्रो हुनेछ। पुराना कामहरु सबै बन्दै जानेछन्, यो साता थकान महसुस हुने छ स्वास्थमा ख्याल राख्नुस् । झुट बोल्दै नबोल्नुस् नत्र नतिजा उल्टो हुनेछ ।
उपाय- प्रत्येक दिन गाइलाई रोटी खुवाउनुहोस, आमाकाे खुट्टा छोएर काममा निस्कनुस् ।





























प्रतिक्रिया