२०८० असोज १३ देखि असोज २० सम्म।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।
हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ । तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुने छ । हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ ।
नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सुभसाइत छ । आजबाट शोर्हश्राद शुरु भएकाे छ । यो १६ दिन आफ्नो पितृ तथा पुर्बजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस् । यो बर्षभरको लागि विशेष उपाय हो ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
वृश्चिक राशि
यो साता तपाईंकाे लागि मध्यम रहने छ। साताको शुरुवातबाट यो काम गर्छु भनेर योजना बनाउनुस् अन्त्यमा हुने छ। एउटै कामलाई ध्यान दिनुस्।
सहिष्णुताको गुण सधैं छ कायम राख्नुस्। विगतको मिहिनेतको फल यस पटक मिल्नेछ। यात्रा हुनेछ यात्रा फाइदाजनक रहने छ। बुधबार पार्टी भोजमा सहभागि हुने छ खानामा ध्यान दिनुस्।
तपाईंले सही समयमा सहि निर्णय लिनुहोला, नयाँ जिम्मेवारी सजिलै पुरा हुनेछ। तपाईं आफ्नो ऊर्जा, दृढ संकल्प र आत्मविश्वास कायम राख्नु पर्नेछ।
नयाँ सवारी साधन वा घर जग्गा किन्न सकिनेछ। साताको अन्त्यमा तपाईंलाई कामको भारी बोझ बढ्ने छ। कुनै नयाँ कामको लागि योजना बनाउनुहुनेछ,तर सुरु हुनु अघि नै त्यो अड्चनमा पर्नेछ तेस्को लागि तलको उपाय गर्नुस्।
उपाय- मंगलबार हनुमानजीको दर्शन गर्नुस् । गरिबहरुलाई मिठो भोजन गराउनुहोस्।































प्रतिक्रिया