मकर राशि हुनेकाे लागि यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

मकर राशि हुनेकाे लागि यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० असोज १३ देखि असोज २० सम्म।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्नेछ। तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्नेछ। 

नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सुभ साइत छ। आजबाट शोर्हश्राद सुरु भएकाे छ। यो १६ दिन आफ्नो पितृ तथा पूर्वजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस्। यो बर्षभरको लागि विशेष उपाय हो।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

मकर राशि

साताको सुरुमा शारीरिक पीडाको अनुभव हुनेछ। तर,यो साता तपाईंलाई अरुको काम गरेर पुण्य मिल्ने छ। 

आफ्नो भन्दा साथि भाइको काममा तपाईं ब्यस्त हुनुहुने छ। घरधनी र भाडामा लिनेबीच मनमुटावको स्थिति रहनेछ। भावनात्मक चोट लाग्न सक्छ मन स्थिर बनाउनु होला। 

आर्थिक रुप बिहीबार पछि राम्रो हुनेछ। भौतिक तथा अध्यात्मिक उपलब्धि मिल्नेछ। तपाईंको ध्यान लक्ष्यमा राख्नु भयो भने सफलता मिल्नेछ। मानिसहरूले तपाईंको पछाडि कुरा काट्न सक्छन्,ध्यान दिनुहोला। हराएको सामान फिर्ता हुनेछ। 

ससुराली घरमा कसैको विवाहको तयारीमा व्यस्त हुनुहुने छ। विद्यार्थीहरूले पढाइमा ध्यान दिनेछन्।  साताको अन्त्यमा धन सम्पतिको लागि शुभ रहनेछ। प्रियजनसँग समय बिताउनुस् मानसिक तनाब कम रहनेछ।

उपाय – हनुमान चालिसा नियमित पाठ गर्नुस्।

Skip This
Skip This
Logo