सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्व्यवहार गरेको भन्दै समितिले उनलाई दोषी ठहर गरेर राजीनामा आएको हो।

 दुर्व्यवहार गरेको भन्दै  एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन्। त्यस क्रममा छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो।

समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरे लगत्तै पालको राजीनामा आएको हो। पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो।

बिदामा जान लागेकी महिला कर्मचारीलाई  ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँग बस्न भनेका थिए।दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरे पनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन।

Skip This
Skip This
Logo