आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८०असाेज १६ गते मंगलबार। ३ अक्टोबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोबारमा सफलता पाइएला। लाभदायक यात्रा होला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। सहकर्मीबाट विरोध आउला। नियमित खर्चसमेत बढ्ने योग छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
भाग्यले विभिन्न अवसर जुराउनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बन्न लागेको काम बिग्रिनेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। साझेदारी काममा उल्झन आउनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
शुभारम्भको चर्चा चल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ, स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज रोकिएको धन पाइन सक्छ। घरमा अतिथिको आगमन हुनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। आँटेको काम पनि पुरा होला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला। आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।

Logo