बझाङ भूकम्प अपडेटः एकपछि अर्काे ठूलाे धक्काले दर्जन बढी भौतिक संरचनामा क्षति

बझाङ भूकम्प अपडेटः एकपछि अर्काे ठूलाे धक्काले दर्जन बढी भौतिक संरचनामा क्षति

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशमा गएका दुई ठूला भूकम्पका कारण ठुलो भौतिक क्षति भएको छ । भूकम्पले बझाङका धेरै घर, विद्यालय ,सडक तथा भौतिक संरचनामा क्षति पुगेको हो । 

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको हो ।

भूकम्पको धक्का केन्द्रिय राजधानी काठमाडौं तथा भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको थियो । 

जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीका अनुसार केही भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आए पनि हाल सम्म कुनै मानविय क्षति भएको छैन । भूकम्पका कारण पश्चिम नेपालमा कति क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी छ । 

Skip This
Skip This
Logo