खाँडादेवी मन्दिरको ढोका फुटाएर दान पेटीकाको रकम चोरी गर्ने पक्राउ

खाँडादेवी मन्दिरको ढोका फुटाएर दान पेटीकाको रकम चोरी गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

ऐतिहासिक तथा धार्मिक शक्ति पिठ खाँडादेवी मन्दिरको दान पेटिकाको रकम चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीवार बिहान २ः३० बजेतिर रामेछापको खाँडादेवी गाउँपालिका–७ मा रहेको खाँदेवी मन्दिरको ढोका फुटाई मन्दिर भित्र रहेका दुईवटा दान पेटिका फुटाई दान पेटिकामा रहेको रकम चोरी गरी भागेका काभ्रेको खानिखोला गाउँपालिका–७ का २९ वर्षीय रविन खुलाललाई प्रहरीले पक्राउ गरेको हो । 

मन्दिरबाट पैसा चोरेर भागेको सूचना पाउनासाथ तत्काल प्रहरी टोली खटाई खोज अनुसन्धान गर्दा खुलाल पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

खुलाललाई खोज तलास गर्दै जाने क्रममा खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिक रहेको सुनकोसी नदिको झोलुङ्गे पुलबाट बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । 

खुलाललाई चोरी भएको रकम सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरी गरेको रकम ५९ हजार ६ सय २० रुपैँया फेला परेको खाँडादेवी गाउँपालिका–३ का वडाध्यक्ष पुष्कर कार्कीले जानकारी दिए ।

Skip This
Skip This
Logo