जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति

केन्द्रबिन्दु
0
Shares

जनकपुर बिग मार्टमा गएराति आगलागी भएको छ । जसमा करोडौँ मूल्य बराबरको क्षति भएको छ ।

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात आगो लागेको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ।

जनकपुरधाम उपमहानगरलगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो ।

Logo