आज विश्व हुलाक दिवस

आज विश्व हुलाक दिवस

केन्द्रबिन्दु
0
Shares

आज विश्व हुलाक दिवस। विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ।

यो वर्ष (विश्वासका लागि एकसाथ) भन्ने नाराका साथ दिवस मनाइँदैछ। हरेक वर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको थियो। 

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो। 

नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो। सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो।

सञ्चारको प्रारूपको सुरुवात हुलाकबाट सुरु भएको हो,आफ्नो ठाउँ भन्दा पर अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे। 

धेरै परसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकालनै बिताएका छन्,आज उनीहरूको सम्झना गर्ने दिन पनि हो। 

Logo