लागुऔषध कारोवारमा संलग्न ५ जना पक्राउ

लागुऔषध कारोवारमा संलग्न ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। 

मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीमा लागूऔषधसहित ५ जना पक्राउ परेका हुन्। उनीहरुसँग स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि जफत गरिएको छ। 

यसरी पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान, कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान र ३५ वर्षीय रामबहादुर स्याङबो तथा पर्सा ठोरी गाउँपालिका-८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाईलाई पक्राउ गरी प्रहरीले सार्बजनिक गरेको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रहरी र मनहरी प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। 

उनका अनुसार प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित ६ सय २ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र ८ लाख रुपैयाँ नगद बरामद गरिएको छ। 

Skip This
Skip This
Logo