भन्सार छली गरी ल्याएकाे तीन लाख बराबरको समान बरामद

भन्सार छली गरी ल्याएकाे तीन लाख बराबरको समान बरामद

केन्द्रबिन्दु
0
Shares

भन्सार छली गरी ल्याएको तीन लाख बराबरको समान प्रहरीले बरामद गरेको छ। 

धनुषा जिल्ला अन्तर्गत बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको विभिन्न किसिमको बच्चाले खेल्ने खेलौनाहरु, किराना सामानहरू, लेडिज चप्पलहरू र ओसारपसारमा संलग्न मो .सा. ३ वटा गरी ३,४४,१७९ बराबरको समान बरामद गरको प्रहरीले जनाएको छ। 

प्रहरी चौकी ईनर्वा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन्। आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ।

Logo