पहिरोमा जेसीबी पुरिँदा चालकको मृत्यु

पहिरोमा जेसीबी पुरिँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु भएको छ। 

रामपुर नगरपालिका–१०, बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गरिँदै थियो। सोही क्रममा बा२क १९५७ नम्बरको जेसीबी टोक्सेमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा पुरिएको हो।

जेसीबी चालक दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरीचौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो। उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Skip This
Skip This
Logo