प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलाहरुको लागि विश्वासिलो न्याय प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौँ जिल्ला अदालतमा आजबाट पारिवारिक इजलास सेवाको शुभारम्भ गर्दै उनले नेपालको इतिहासमै पहिलो पटक पारिवारिक इजलासको शुभारम्भ भएको भन्दै यसबाट महिलावादी भएर चल्ने मुद्दाहरुमा छिटो छरितो फैसला हुने बताएका हुन्।
उनले भने,‘हाम्रो न्यायक पक्रियामा यो पहिलो पटक नै हो। यसले विशेष गरेर महिलावादी भएर चल्ने मुद्दाहरुमा छिटो छरितो फैसला गर्न सक्छ। यसले महिलाहरुको लागि केही न केही विश्वासिलो न्याय प्रदान गर्न सक्छ भन्ने आशा छ।’
यस्तै, उनले यो एउटा प्रयास मात्रै भएको भन्दै यसबाट सकारात्मक नतिजा आए विस्तारै अरु अदालतहरुमा पनि सुरुवात गर्ने अठोटका साथ लागेको बताए।
उनले भने,‘यो एउटा प्रयास मात्रै हो यसबाट सकारात्मक नतिजा आयो भने यसमा अरु पनि केही मुद्दाहरु थप्न सक्छौँ। महिलाहरुले अंश पाउँन गारो भएको अवस्थामा यो पारिवारिक इजलासले राम्रो काम गर्छ भन्ने लाग्छ। यसलाई विस्तारै अरु अदालतहरुमा पनि सुरुवात गर्ने र यसलाई लागु गर्ने अठोट गरेका छौँ।’
अंश, नाता कायम, घरेलु हिंसा सम्बन्धी मुद्धाहरु र बालबालिकाको हित सम्बन्धी जोडिएका मुद्दाहरुलाई एउटा पारिवारिक इजलासको नामबाट यसको शुभारम्भ गरेको भन्दै यसले पारिवारिक क्षेत्रमा बढि काम गर्ने उनको भनाई छ।





























प्रतिक्रिया