इजरायलबाट नेपाली विद्यार्थीको हारगुहारः १० जना साथी त गुमाइसक्यौं, हामीलाई केही गरिदिनुस् [भिडियाे]

इजरायलबाट नेपाली विद्यार्थीको हारगुहारः १० जना साथी त गुमाइसक्यौं, हामीलाई केही गरिदिनुस् [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

इजरायल-प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीहरुले सरकारसँग उद्धारको अपिल गरेका छन् । 

१० जना साथी गुमाइसकेका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले एक भिडियो सन्देश जारी गर्दै सरकारसँग तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरु शनिवारदेखि बंकरभित्रै लुकेर बसेका छन् ।  

विद्यार्थीहरूको नेतृत्व गरेका लिडर विपिन सुवेदीले भनेका छन्, ‘प्लिज, बिन्ती छ! हामी अझै, अब कुर्न सक्दैनौं। हामीले समाचारमा सुन्यौं। भारतले एउटा टिकटक स्टारलाई जहाज चार्टर्ड गरेर भारत लग्यो भनेर। हाम्रो नेपाल सरकारले यत्रो विद्यार्थीलाई, हामी कृषि क्षेत्रका विद्यार्थीलाई केहीपनि गर्न सक्दैन हो? हामी यत्रो ३९ जनामा १० जना त गुमाइसक्यौं। अझै पनि जति बचेका छौं, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नी। देश फर्केर हामीले पनि त केही न केही गर्थ्यौं होला। केही न केही चाहि गरिदियोस्।’ 

उनले यसअघि भनेका छन्- ‘१० जना साथीको चिच्याहट, १० जना साथीले हामीलाई गरेको हारगुहार सबै चिज हामीलाई याद आउँछ। रातभरि निद्रा लाग्दैन। त्यतिमात्रै होइन, बंकरमा बसेकाले बच्छ भनेर नेपाल सरकारले सोचिरहेको होला। हामी आउने ढोका, जो अहिले उज्यालो आइरहेको छ, त्यो ढोका खुला छ। त्यहाँबाट आएर आतंकवादीहरूले हाम्रा साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्‍यो भने? हामी पनि त्यसैगरी मर्ने?’ 

याे समाचारकाे भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Skip This
Skip This
Logo