दुर्गा प्रसाईँलाई काठमाडौंमा दलियो कालोमोसो

दुर्गा प्रसाईँलाई काठमाडौंमा दलियो कालोमोसो

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । 

राजधानीको एक होटलमा व्यवसायी प्रसाईंले दिउँसो पत्रकार सम्मेलन राखेका थिए । प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । त्यसपछि बाहिरिने क्रममा उनीमाथि अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।  

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए। आज उनैलाई कालोमोसो दलिएको हो।

Logo