बंकरमा लुकेका नेपाली विद्यार्थीको उद्धारमा पुग्यो इजरायली सेना, भन्छन्- अब टेन्सन छैन [भिडियाे]

बंकरमा लुकेका नेपाली विद्यार्थीको उद्धारमा पुग्यो इजरायली सेना, भन्छन्- अब टेन्सन छैन [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बंकरभित्र रहेका नेपाली विद्यार्थीको इजरायली सेनाले उद्धार गरेको छ ।  हमास समूहको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको हो। 

शनिबारदेखि जारी इजरायल र गाजाबीचको युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आक्रमणमा मृत्यु भएको छ। त्यसपछि युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपालीहरू बंकरभित्र लुकेका थिए। उनीहरुले नेपाल सरकारलाई उद्धारका लागि हारगुहार गरेका थिए । यसैबीच इजरायली सेनाले उद्धार सुरु गरेको हो । 

सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै नेपाली विद्यार्थी लुइस रिजालले सो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं। हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। केही छिनमै सुरक्षित स्थलमा पुग्छौं ।’ आफूहरुको उद्धार भएकाले चिन्ता नलिन पनि उनले आग्रह गरेका छन्।

याे समाचारकाे भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo