लुम्बिनीका अर्थमन्त्री सवार गाडी दुर्घटना

लुम्बिनीका अर्थमन्त्री सवार गाडी दुर्घटना

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी आज दिउँसो दुर्घटनामा परेको छ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै देउखुरीस्थित मन्त्रालयतर्फ जाँदै गरेको लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर-१२ सितलपुरको घुम्तीमा दिउँसो चार बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्ने घाइते भएको अर्थमन्त्री मास्कीका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए । घाइते सबैको हात खुट्टामा सामन्य चोट लागेको छ।

Skip This
Skip This
Logo