आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० असाेज २६ गते शुक्रबार। १३ अक्टोबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला। नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुन सक्छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज नयाँ कार्यको योजना बन्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता पनि बढ्न सक्छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन्।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी पनि हुनसक्छ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज परिवारबाट सहयोग मिल्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज आम्दानी नहुदाँ दैनिक खर्चको लागि समस्या हुन सक्छ। लामो दुरीको यात्रामा पनि समस्या हुनसक्छ, साँझमा भने शुभ समाचार मिल्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ। सामाजिक कार्यमा विशेष अभिरुचि रहने र काममा सहजता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक धन खर्च हुनेछ, तर राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ।

Skip This
Skip This
Logo