डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु

डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।  दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए। छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। 

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका-१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका-११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका-२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका-२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

Skip This
Skip This
Logo