चिकित्सकलाई कुटपिट गर्ने छ जना धरौटीमा रिहा

चिकित्सकलाई कुटपिट गर्ने छ जना धरौटीमा रिहा

केन्द्रबिन्दु
0
Shares

हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई रू दुई लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही रू दुई लाखका दरले धरौटी माग गरेको थियो।
 
अदालतले माग गरेको धरौटी बुझाएर छ जना बुधबार नै तारेखमा छुटेका जिल्ला अदालत मकवानपुरले जनाएको छ। हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। 

मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एकलाई पक्राउ गरेको छ। प्रहरीले हेटौँडा उपमहानगरपालिका–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा-१० बाट पक्राउ गरेको जनाएको छ।

Logo