काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकाकाे दसैं घरमा जमरा राखिएको छ।
आइतबार नवरात्रको पहिलो दिन दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । साे अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शंख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो।
गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्ने चलन छ । घटस्थापनापछि दसैं घरमा दैनिक बली दिई विधिपूर्वक पूजाआराधना गरिन्छ। घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।































प्रतिक्रिया