प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीको शव सरकारले प्राप्त गरेको छ।
तेल अभिभमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो। आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ।
‘सिडट निजेभ एग्रिकल्चर सेन्टर’ अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत रहेकै बेला हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। आक्रमणमा परि ज्यान गुमाएका अन्यको शव प्राप्त हुने क्रममा रहेको पनि दूतावासले जनाएको छ।
यस्तै उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको विज्ञप्तिमा उल्लेख छ। आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका र २ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ।
































प्रतिक्रिया