नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरिक्षक कुवेर कडायतले, दसैँमा सामाजिक सञ्जाल मार्फत दिइने व्यक्तिगत जानकारीले सुरक्षा चुनौति बढेको बताएका छन्।
उनले आमनागरिकले प्रयोग गर्ने डिजिटल प्रविधि र त्यसमार्फत जान अन्जानमा हुने निजी सूचनाको सार्वजनिकरणले प्रहरीलाई सुरक्षा चुनौति बढेको बताएका हुन्।
चाडपर्वको समयमाचोरी,डकैती लगायतका विभिन्न आपराधीक घटनाहरु हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जान अन्जानमा हुने सूचनाको सार्वजनिक करणको मुख्य भूमिका रहेको प्रवक्ता कडायतले बताए।
उनले भने,‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौँ त्यो हामीलाई बढी चुनौति हो। लापर्वाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ । जस्तोकी फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि सहर छोड्दैछु भनेर जानकारी दिन्छौँ। यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटनाहरु छन्,यस्ता किसिमका चुनौतिहरु हुन्छ।’
नेपालीहरुको ठूला पर्व दसैँ,तिहार,छठ लगायतका पर्व नजिकिँदै जाँदा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको कडायतले जानकारी दिए।देशैभर हुने विविध आपराधीक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना २०८० नै ल्याएर त्यसलाईकार्यान्वयन गरिरहेको उनले बताए।
उक्त सुरक्षा योजना अन्र्तगत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षीत बनाउने,बैंक तथा वित्तिय संस्थाको कारोवार सुरक्षीत पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरु गर्ने बताए।
चाडबाडमा आम नागरिकको सुरक्षाका लागि ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए। ‘हामीले विशेष गरी दसैँ,दिपावली, नेपाल संवत र छटसम्मको लागि भनेर ‘सुरक्षा योजना २०८०’ भनेर कार्यान्वयनमा ल्याइसकेका छौँ। आम नागरिकको सुरक्षा गर्दै पर्वको समयमा हुने आवतजावतलाई सुरक्षित बनाउने,बैंक तथा वित्तिय संस्थाका कारोवारलाई सुरक्षित गराउने,चोरी तस्करी,दुर्घटना,कृतिम अभाव र कालोबजारी जस्ता कुराहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरालाई ख्याल राखेर सुरक्षा योजना बनाएका हौँ। त्यसका लागि नेपाल प्रहरीले ५० हजार ५सय ३० जना प्रहरी कर्मचारीहरु फिल्डमा खटिएर योजना कार्यन्वयन गर्छन्,’कडायतले भने। उनले पर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थापनमा प्रहरी विशेष रुपले सजग रहेको बताए।
कडायतका अनुसार प्रहरीले दसैँमा हुने उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित गर्न तथा बाहिर जाने बसहरुमा हुने दुर्घटना न्यूनिकरण कागि विविध जनचेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ।
कडायतलेटाढा जाने सवारी चालकले ट्राफिक नियम पालनानगर्दा विगतमा ठूला दुर्घटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न चालकले लापसे र मापसे सेवन गरे नगरेको, क्षमता भन्दा बढी यात्रु राखे नराखेको जस्ता कुरा निगरानी गर्न नागरिक जागरुकता आवश्यक भएकोले सो पक्षमा जनचेतनामूलक कार्यक्रम र नागरिक सहायता कक्ष सञ्चालन गरीरहेको छ।
उपत्यकाका बसपार्क लगायतका भिडभाड बढी हुने क्षेत्रको सुरक्षाका लागिसमेत प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत नै नविनतम प्रविधिको निगरानीमा सुरक्षा व्यवस्था चुस्त पारेको कडायतले बताए।































प्रतिक्रिया