डोजरको ठक्करबाट वृद्धको मृत्यु

डोजरको ठक्करबाट वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो। 

रेसुङ्गा-१४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए। उनको  घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। 

प्रहरीले डोजर चालक पाल्पाको माथागडी गाउँपालिका-७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ। सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Logo