२०८० कर्तिक १८ देखि कार्तिक २६ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशि छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।
साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्।
हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय गर्नु भयाे भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ।
हेर्नुहोस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
मेष राशि
मेष राशि हुनेहरुका लागि यो साता राम्रो रहनेछ। तर आफ्नो बचत नियन्त्रणमा राख्नुहोला। तपाईंको साथिको शान्त स्वभावले तपाईंलाई मानसिक सन्तुष्टि प्राप्त गर्न मद्दत गर्नेछ। यदि तपाईं सम्बन्धमा गम्भीर हुनुहुन्छ भने,खुलेर कुरा गर्नुहोला र विवाह बारे विचार पुर्याउनुपर्नेछ।
मेहनतले काम गर्नुभयो भने यो साता आम्दानी राम्रो रहने छ। यो साता आर्थिक लाभ मिल्नेछ जसले तपाईको आर्थिक स्थिति बलियो बनाउनेछ। अफिसमा हाकिमसंग बचेर काम गर्नुपर्ने स्थिती आउनसक्छ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि दुर्गा चालिसाको नियमित जप गर्दा राम्रो हुनेछ।
बृष राशि
वृष राशि हुनेहरुका लागि यो साता मध्यम रहनेछ। आफ्नो आर्थिक खर्च नियन्त्रण लिनुहोला, बुद्धिमानीपूर्वक लगानी गरेर आफ्नो परिवारलाई पैसाको महत्त्व बुझाउनुहोला। आफ्नो पार्टनरलाई विश्वास गरेर आफ्ना समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्दा राम्रो हुनेछ।
यो साता प्राथमिकताहरू बुझेर धैर्य तथा शान्त रहनुहोला। व्यवसायीहरूलाई यो साता ठूलो आर्थिक घाटा हुने सम्भावना छ। तसर्थ, विगतमा तपाईंलाई धोका दिने व्यक्तिलाई विश्वास नगर्नुहोला। कार्यस्थलमा धेरै चुनौतीहरूको सामना गर्नुपर्नेछ समय रहेको छ
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते वासुदेबाय नम को जप गर्दा फाइदा हुनेछ।
मिथुन राशि
मिथुन राशि हुनेहरुका लागि यो साता आर्थिक अवस्थामा राम्रो रहनेछ। आफ्नो पार्टनरसँग व्यक्तिगत समस्याहरूको बारेमा कुरा गर्नुहोला र यदि तपाईं सम्बन्धको बारेमा गम्भीर हुनुहुन्छ भने विवाहलाई विचार गर्नुपर्ने समय छ। आफ्नो जीवन सन्तुल राख्नुहोला। आफ्नो आत्मविश्वास बलियो बनाइ काम गर्दा दृढ संकल्पका साथ गर्नुहोला। यता उताको कुरा अफिसमा नर्गनुस्। पढ्नको लागि बिदेश जानेहरुका लागि यो साता राम्रो रहेको छ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि भगवान बिष्णुको नियमित पुजा पाठ गर्दा राम्रो हुनेछ।
कर्कट राशि
कर्कट राशि हुनेहरुका लागि यो साता मानसिक तनावबाट मुक्ति पाउनुहुनेछ। यस अवधिमा तपाईले केहि निर्माण कार्यमा लगानी गर्न सक्नुहुन्छ जसले तपाईंको आर्थिक अवस्थालाई फाइदा पुर्याउँनेछ। ब्यापारिक ब्यक्तिहरुले यो साताको उतारचढावबाट मुक्ति मिलाएर धेरै प्रशंसा र प्रगति प्राप्त गर्नेछन्।
यो समय तपाईलाई भाग्यले साथ दिनेछ। महत्त्वपूर्ण निर्णयहरूमा आफ्नो परिवारलाई संलग्न गर्नुहोला। कुनै काम गर्दा आफुभन्दा ठुलोबढा मानिसको सल्लाह लिँदा उपयुक्त हुनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन ॐ नम शिबाय मन्त्र जप गर्दा राम्रो हुनेछ।
सिंह राशि
सिंह राशि हुनेहरुका लागि यो साता ग्रहहरु तपाईंको पक्षमा छ। यो साता खानपिनमा ध्यान हुने लाभदायक हुनेछ। यो साता तपाईंले आफ्नो आमाबुवाको स्वास्थ्यको बारेमा सुरुदेखि नै सजग रहनुपर्नेछ।
आफैं एक आर्थिक योजना बनाउनुहोला र बचत सुधार गर्न आफ्नो परिवारलाई संलग्न गर्दा राम्रो हुनेछ। आफ्नो पार्टनरसँग गुणस्तरीय समय बिताउनुहोला। अरूको नकारात्मक टिप्पणीबाट सावधान रहेर आफैंमा ध्यान केन्द्रित गर्नुहोला। यो साता जोखिम लिएर सफलता प्राप्त गर्न सक्नुहुनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ घृणि सुर्याय नमको ५१ चोटी हरेक बिहान जप गर्दा फाइदा हुनेछ।
कन्या राशि
कन्या राशि हुनेहरुका लागि यो साता आर्थिक मुद्दाहरूमा सबैलाई एकसाथ राखेर महत्त्वपूर्ण छलफल गर्दा राम्रो हुनेछ। तपाईंको प्रेम जीवन राम्रो रहने र विवाहको बारेमा पनि सोच्न सक्नु हुनेछ। आफ्नो तरिकाले काम गर्दा प्रयासहरू सफल हुने छ्न्। उधारो नदिनुहोला।
जागिर खानेहरुको आम्दानी बढ्ने सम्भावना छ। यो सम्भव छ कि कुनै कारणले तपाईंको वरिपरि अत्यधिक कोलाहल हुन सक्छ, जसको कारणले आफैंलाई पूर्णतया ध्यान केन्द्रित गर्न असमर्थ रहनुहुनेछ शान्त रहनुहोला।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नम को नियमित एकमाला जप गर्दा राम्रो हुनेछ।
तुला राशि
तुला राशि हुनेहरुका लागि यो साता जुन रोगले तपाई लामो समयदेखि पीडित हुनुहुन्थ्यो यसबाट छिट्टै राहत पाउनुहुनेछ। आफूलाई खुसी राख्ने प्रयास गर्नुहोला, आफ्नो फाइदाको लागि काम गर्नुस तर स्वार्थि नबन्नुहोला।
यस समयमा तपाईंको परिवारका सदस्यहरूप्रति तपाईंको व्यवहार राम्रो रहनेछ, जसका कारण तपाईंको आमाबाबु तपाईंलाई देखेर खुसी हुनेछन् र यसले तपाईंलाई पनि खुशी महसुस गर्नेछ। यो साता तपाईंमा आत्मविश्वासको कमी देखिनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेवाय नम नियमित जप गर्दा फाइदा हुनेछ।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरुका लागि यो साता तपाईको मानसिक तनाव बढ्न सक्छ। यो साता आर्थिक स्थिति स्थिर रहने र लगानीको अवसर छिट्टै उपलब्ध हुनेछ। तपाईंको पैसा बचत गर्नुहोला र जोखिमपूर्ण सम्भावनाहरूको लागि लगानीकर्ताको विश्वास गर्नुहोला।
पैसाको मामिलामा सावधान रहेर गोप्य जानकारी साझा नगर्नुहोला। व्यक्तिगत समस्याहरूको ख्याल राख्नुहोस् ताकि तिनीहरूले व्यावसायिक विकासमा बाधा नपरोस्। शान्त रहनुस ,कसैको गोप्य कुरा अरुलाइ साझा नगर्नुहोला।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित पाठ गर्दा राम्रो हुनेछ।
धनु राशि
धनु राशि हुनेहरुका लागि यो साता आफ्नो खर्चमा ध्यान दिनुहोला। आर्थिक पाटो छिटो सुधार गरेर सकेसम्म बचत गर्नुहोला। तपाईंको आर्थिक स्थिति सुधार गर्ने अवसरहरू छन् अरूको नकारात्मक टिप्पणीहरूबाट टाढा रहनुहोला।
नकारात्मकतालाई आफूमाथि हावी हुन नदिनुहोला। यो साता घरमा पाहुनाको आगमनको शुभ समाचारले परिवारमा शान्तिको वातावरण बनाउनेछ। यो साता धेरै विद्यार्थीहरूलाई उनीहरूको कडा परिश्रमको फल दिएर सफलता हासिल गर्न मद्दत हुनेछ। व्यावसायिक र व्यक्तिगत प्रतिबद्धताहरूको लागि यो साता राम्रो छ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवाय मन्त्रको नियमित जप गरेर सोमबार भगवान शिबलाइ जल चढाउँदा राम्रो हुनेछ।
मकर राशि
मकर राशि हुनेहरुका लागि यो साता तपाईको स्वास्थ्य राम्रो रहने छ। आफ्नो समय र पैसा दुबैको कदर गर्न सिक्नुपर्नेछ साथै आफ्नो परिवारलाई पैसाको महत्त्व बुझाउनुहोला। जोखिमपूर्ण अवसरहरूमा लगानी गर्ने यो उपयुक्त समय रहेको छ। तपाईंको प्रेम जीवन समृद्ध हुनेछ। यो साता परिवारलाइ समय दिनुहोला।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित एक पाठ गरेर अपाङ ब्यक्तिहरुलाइ भोजन गराउँदा राम्रो हुनेछ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरुका लागि यो साता खानपिनमा एकदम ध्यानदिनुहोला। अल्कोहलको सेवन गर्नबाट जोगिनुपर्नेछ।
यो साता आर्थिक स्थितिमा सुधार आउने भएकाले अत्यावश्यक घरायसी सामान खरिद गर्न तपाईलाई धेरै सहज हुनेछ। यो साता तपाईं आफैंसँग रिसाउनुहुनेछ। आफ्नो वित्तको नियन्त्रण गर्नुस् र नयाँ स्टार्टअपहरूमा लगानी गर्दा राम्रो हुने योग रहेको छ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवायको प्रतेक दिन जप गरेर गरिबहरूलाइ भोजन दान गर्दा फाइदा हुनेछ।
मिन राशि
मिन राशि हुनेहरुका लागि यो साता ठूलो नाफा कमाउनुहुनेछ। विद्यार्थीहरूका लागि यो समय शुभ रहनेछ। विदेश पढ्न जानेहरूको लागि बाटो खुल्ने छ तर कागजातहरुमा ध्यान दिनुहोलम। तपाईंको पार्टनरले तपाइको समस्या समाधान गर्ने प्रयास गर्नेछ।
व्यक्तिगत प्रतिबद्धता र व्यावसायिक वृद्धिको लागि यो साता सकारात्मक छ।तपाईंसँग महान चीजहरू हासिल गर्ने क्षमता छ, त्यसैले आफ्नो क्यारियरमा ध्यान केन्द्रित गर्नुहोला।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेवाय नम को नियमित जप गर्दा राम्रो हुनेछ।





























प्रतिक्रिया