जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा

जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा

केन्द्रबिन्दु
0
Shares

अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौँबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गरिरहेको छ। पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।

सो बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन्। हिजाेसहित आज बिहानको लागि पनि निःशुल्क बसको व्यवस्था गरिएको छ। 

जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ। उता, पृथ्वी यातायातले पनि प्रभावित परिवारको लागि एउटा निःशुल्क बसको व्यवस्था गरेको छ। 

Skip This
Skip This
Logo