मधेश सरकारले भूकम्प पीडितलाई ६० लाख बराबरको राहत सामग्री पठाउने

मधेश सरकारले भूकम्प पीडितलाई ६० लाख बराबरको राहत सामग्री पठाउने

केन्द्रबिन्दु
0
Shares

मधेश सरकारले भूकम्प पीडितहरूका लागि ६० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ।  मधेश सरकारको विपद् व्यवस्थापन समितिले ६० लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो।

सोमबार बसेको समितिको बैठकबाट जाजरकोट र रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने निर्णय भएको गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए।

समितिले दाल, चामल, नुनलगायतका अत्यावश्यक खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउनेछ। सो सामग्री गृह मन्त्रालय मार्फत पठाइने मन्त्री समिमको भनाई छ।

Logo