आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक २२ गते बुधबार। ८ नोभेम्बर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ। साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज गरेका काममा ढिलासुस्ती हुनेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्ध कसिलो होला।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य र विद्यामा पनि सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ। शिक्षामा पनि राम्रो नतिजा पाइनेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज नयाँ काम सुरु गर्ने समय आएको छ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। राजनैतिक र समाजसेवामा सफलता मिल्नेछ। शुभयात्राको योजना बन्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
विद्या र बुद्धिको विकास हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

Skip This
Skip This
Logo