रुकुम पश्चिममा भूकम्पबाट घाइते भएका थप एक जनाको मृत्यु

रुकुम पश्चिममा भूकम्पबाट घाइते भएका थप एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु  बनाएर  गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी  घाइते भएका एकजनाको मृत्यु भएको छ ।

जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय  नगर प्रहरी  निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो । सुर्खेतको  कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उनको  मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिए । 

मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवासी हुन् । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

वडा नं ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि  मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उनी सख्त घाइते भएका थिए ।

Logo